back
NMB ad

जलविद्युतसम्बन्धी ठुला आयोजना निर्माणका लागि सरकार क्रियाशिल छ : डा. कृष्णप्रसाद ओली

Kumari bank ad

काठमाडौ । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युतसम्बन्धी ठुला आयोजनाहरु निर्माण लागि सरकार क्रियालिश रहेको बताउनुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालनमा ल्याइएको सञ्चार केन्द्र नेपालको हलमा आयोजना गरेको ‘जलविद्युत विकासका उपलब्धीहरु र देखिएका चुनौतीहरु’ विषयक कार्यक्रममा ओलीले सो कुरा बताएका हुन् । उनले सरकारले उर्जा क्षेत्रको विकासका लागि कयौं नीतिगत कुराहरु अगाडि बढाएकाले जनाउँदै मन्त्री र व्यूरोक्रेसी गहन रुपले लागिरहेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा उर्जा मन्त्रालयका जलविद्युत महाशाखा प्रमुख सहसचिव दिनेश घिमिरेले स्थिर सरकार भएका कारण यथार्थपरक ढंगबाट मुलुक अगाडि बढिरहेको हुनाले अब उर्जा क्षेत्रमा पनि विकासले तिव्रता पाउने धारणा राख्नुभयो । सहसचिव घिमिरेले गुणस्तरीय विजुली वितरण योजनामा मन्त्रालय रहकोले जनाउनुभयो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले नेपालमा जलविद्युत क्षेत्रमा विकास र विस्तारमा विद्युत प्राधिकरण अगाडि बढेको जनाउनुभयो । लामो समयसम्म लोडसेडिङ्गको मारमा परेको नेपाली जनतालाई लोडसेडिङ्गमुक्त गर्न सफल भएको बताउँदै घिसिङ्गले नाजुक अवस्थामा रहेको प्राधिकरणले २ वर्षयता नाफामा जान सफल भएको बताए । घिसिङ्गले प्राधिकरणको कयौं चुनौतीहरु रहेको जनाउँदै जलविद्युत विकासका लागि डिष्ट्रिव्यूसन सिस्टम र (इन्भेष्ट) लगानी प्रमुख आवश्यकता भएकाले यस विषयमा उर्जा मन्त्रालय र विद्युत प्राधिकरणले महत्वपूर्ण कार्यहरु अगाडि बढाएको जनाए ।

विजुलीका तार झर्ने कारण वर्षेनी कयौं व्यक्तिहरुको मृत्यु भईरहेकोले सुरक्षाका लागि तारका पोलहरु हटाउनेतर्फ प्राधिकरण अगाडि बढेको जनाए । पत्रकार तथा जलविद्युतसम्बन्धी जानकार विकास थापाले नेपालका उपल्लो तहका व्यक्तिहरु नै लाइसेन्स वितरण गरि कमिसन लिने खेलमा लागेका कारण जलविद्युत क्षेत्रमा फड्को मार्न नसकेको दाबी गरे । उनले नेपालका मन्त्री तथा उपल्लो तहका सरकारी अधिकारीहरु विदेशी कम्पनीको प्रलोभनमा परेर लाइसेन्स दिएपनि उत्पादनमा भने ध्यान दिन नसक्दा नेपालीहरु लामो समयसम्म लोडसेडिङ्गको मार खेप्नुपरेको बताए । नेपालमा रहेका जलाशययुक्त आयोजनाहरुमा बैदेशिक लगानी भित्र्याएर भएपनि छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने तर्क गर्दै उनले अब नेपालले आयात होइन निर्णय गर्नुपर्ने धारणा राखे ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले हामी जलविद्युत क्षेत्रमा आत्मनिर्भर हुँदै विदेशमा निर्यात गर्ने स्रोत भएपनि विविध कारणले हामीले विदेशमा विद्युत खरिद गर्नुपर्ने दयनीय अवस्था रहेको जनाउँदै यस्तो समस्या समाधान गर्नको लागि सरकारले उपयुक्त कदम चाल्नुपर्ने बताए । जलउर्जामा फड्को मार्न सके मुलुक सम्बृद्धितर्फ लाग्न सक्छ भन्दै चौलागाई्रले मुलुकलाई सम्बृद्धितर्फ लैजाने हो भने जल उर्जा क्षेत्रको विकासमा नीतिगत रुपमै सुधार गरी लैजानु आवश्यक रहेको जनाए । आज सम्पन्न भएको सो कार्यक्रममा सौर्य विद्युत उत्पादन संघका किरण गौतम र बर्मा सरकारका उर्जा सल्लाहकार मधुसुदन अधिकारीलगायतका वक्ताहरुले महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो ।

२०७५ भदौ २९ गते प्रकाशित

वि.सं.२०७५ भदौ २९ शुक्रवार १०:२५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...