back
NMB ad

लाभांशको घोषणासँगै नेप्से लाग्यो उकालो, ४० दिनमै एक सय अंकले बढ्यो

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेपछि सेयर बजार मापक नेप्से पनि उकालो लागेको छ । गत साउन २७ गते आइतबार ११६३.९४ विन्दुमा रकेको नेप्से यो साताको अन्तिम दिन बिहीबार १२५५.०७ विन्दुमा पुगेको छ । ४० दिनमा करिव एक सय अंकले बढेको छ । सेयर बजारमा सुधार आएसँगै सेयर खरिद गर्नेको चहल पहल बढेको छ । सेयर बजार ओरालो लागेसँगै सुनसान बन्दै आएका ब्रोकर कम्पनीको कार्यालयमा फेरी लगानीकर्ताको घँुइचो देखिन थालेको छन् । लगानीकर्ताहरु लाभांश बढी दिन सक्ने सम्भावना भएका कम्पनीको सेयर खोजी खोजी खरिद गर्न गर्न थालेका छन् ।

बैंकले सेयर धितोमा दिने कर्जाको ब्याजदर घटाउँदै गएकाले पनि सेयर बजारमा सुधार आएको ब्रोकर बताउँछन् । १५ प्रतिशतसम्म सेयरधितोमा कर्जा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले अहिले १० प्रतिशतको हाराहारीमा ऋण दिन थालेका छन् । यसले पनि सेयर बजार उकालो लाग्न थालेको हो । बैंकले सर्वसाधारणले बैंकमा पैसा राख्दा पाउने ब्याज घटाएका छन् । बैंकमा पैसा राख्नु भन्दा सेयरमा लगानी गर्दा फाइदा हुने सम्भावना देखिन थालेकाले पनि सेयर बजार बढन पुगेको कतिपयको भनाइ छ ।

केही समय अघि मुद्दती खातामा पैसा राख्दा ११ प्रतिशतसम्म ब्याज पाउथे । तर, अहिले बैंकमा मुद्दती खातामा पैसा राख्न जानेलाई बढीमा १०.५० पैसा मात्र दिन थालेका छन् । यसैगरी, बचत खातामा पनि ८ प्रतिशत ब्याज पाउँदै आएका सर्वसाधारणले अब ७ प्रतिशत मात्र पाउने भएका छन् । त्यही पनि सवैभन्दा पछि खुलेका सिभिल, सेञ्चुरी, मेगा, जनता लगायतका वाणिज्य बैंकले मात्र बढी ब्याज दिने गरेका छन् । तर, पुराना बैंक स्टयाण्डर्ड चार्टर्ड, नविललगायतका बैंकले भने ३ देखि ४ प्रतिशत मात्रै ब्याज दिन थालिसकेका छन् ।

जहिले पनि बैंकको ब्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्न पुग्छ भने ब्याजदर घट्दा सेयर बजार बढन पुग्छ । लगानीयोग्य पुँजी (तरलता) नभएपछि बैंकले धमाधम ब्याजदर बढाएका थिए । तर, अहिले भने केही सहज भएको भन्दै बैंकले पुन ब्याजदर घटाएका छन् । ब्याजदर अझै पनि घटने अनुमान गरिएको बैंकर बताउँछन् । बैंकको ब्याजदर अझै घट्ने हो भने सेयर बजार अझै उचाइमा पुग्ने लगानीकर्ताको भनाइ छ ।

२०७५ असोज ५ गते प्रकाशित

वि.सं.२०७५ असोज ५ शुक्रवार ११:१३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...