back
NMB ad

स्वदेशी लघुवित्तको १०० प्रतिशत हकप्रद खुल्यो

Kumari bank ad

काठमाडौं । स्वदेशी लघुवित्तले असोज २३ गते देखि १०० प्रतिशत हकप्रद निष्कासन गरेको छ । कम्पनीले १ बराबर १ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्री खुल्ला गरेको हो । लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । यस हकप्रदमा भदौ २४ गतेसम्म कायम रहेका शेयरधनीले खरिद गर्न सक्नेछन् । हकप्रदमा कात्तिक २६ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं तथा स्वदेशीको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी २३ करोड रुपैयाँको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेर विविध कारणले भन्दै रद्ध गरेको छ । गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रति शेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको थियो । कम्पनीको शेयर मूल्य सोमबार प्रतिकित्ता ६८९ रूपैयाँमा कारोबार भएको छ ।

२०७५ असोज २३ गते प्रकाशित

वि.सं.२०७५ असोज २३ मंगलवार ११:२१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...