back
NMB ad

भक्तपुरका विद्यार्थीहरुबीच देउसी भैलो प्रतियोगिता

Kumari bank ad

भक्तपुर । सांस्कृतिक महत्वको पर्वलाई जोगाइ राख्न भक्तपुर कमलविनायकमा रहेको एक विद्यालयले देउसी भैली प्रतियोगीता आयोजना गर्दै आइरहेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडमीले यो वर्षपनि सोमबार काग तिहारको दिन उक्त प्रतियोगीता आयोजना गरेको हो ।

उक्त कार्यक्रममा विद्यालयको स्मारिका विमोचन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृति परम्परा जोगाउन विद्यालयस्तरबाटै यस्ता खालका क्रियाकलाप गर्नु पर्नेमा जोड दिएका छन् ।

त्यसैगरि जिल्ला अदालत कास्की न्यायाधिस लालकाजी श्रेष्ठ, प्यावसन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीलयायतले सानासाना बालबालिका काचोँ माटो भएका उनीहरुलाई सकारात्मक सिकाईमा जोड दिन सके भोलीको देशको भविष्य उज्वल हुने बताएका छन् ।
जिल्लामा रहेका संस्थागत तर्फका १३ ओटा विद्यालयहरु उक्त प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगीमा उत्कृष्ठ देउसी भैलो प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरेका विनायक शिक्षा निकेतनका विद्याथीहरुले रनिङ्ग शिल्ड प्राप्त गरेका छन् । दोस्रोमा सनसाइन न्यासन स्कुल, तेस्रो माउण्ट भ्याली र सान्तोना स्थानमा क्रिर्यटिभ लर्नस विद्यालय रहेका छन् । प्रतियोगीतामा उत्कृट हुनेहरुलाई प्रमाणपत्र, शिल्ड सहित सम्मान गरिएको आयोजक विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

२०७५ कार्तिक २० गते प्रकाशित

वि.सं.२०७५ कात्तिक २० मंगलवार ०९:०५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...