काठमाडौं । सुनको मूल्य अचाक्ली बढेको छ । हिजो आज एक तोला सुन किन्न ५८ हजार तीन सय तिर्नु पर्ने भएको छ । दुई दिनमै प्रतितोला ११ सय रुपैयाँले सुन बढेको छ ।
सुनको मूल्य अझै बढने अनुमान गरिएको छ । यसअघिको उच्च मूल्यलाई पच्छाउँदै सुनको भाउ बढेको हो । गत कात्तिकमा ६ वर्ष यताकै सुनको मुल्यमा उच्च भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला ६० हजार चार सय पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको हो ।
२०७५ मंसिर १९ गते प्रकाशित
वि.सं.२०७५ मंसिर १९ बुधवार ०९:०० मा प्रकाशित