back
NMB ad

चाँगुनारायण नगरपालिकाद्धारा बहुउद्देश्यिय सामुदायिक भवन निर्माणको शिलान्यास

Kumari bank ad

भक्तपुर । चाँगुनारायण नगरपालिकाले थाई सरकारको सहयोगमा बहुउद्देश्यिय सामूदायिक भवन निर्माण गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाले वडा नं. ७ स्थित बागेश्वरी हेल्मेट डाँडामा रहेको १ रोपनी १२ आना सार्वजनिक जग्गामा बहुउद्देशीय भवनको शिलान्यास गरेको छ । नगरपालिकाले १ करोड लागतमा निर्माण गर्न लागेको बहुउद्देश्यिय भवनको आज थाइल्याण्डका राजदुत भकवत तान्स्कुँलले शिलान्यास गर्नुभयो । भवन निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले जानकारी दिनुभयो ।

भवन शिलान्यास कार्यक्रममा थाई राजदुत भकवत तान्स्कुँलले २०७२ सालको भूकम्पपछि देखिएको समस्या समाधानका लागि थाइल्याण्डका जनताले विपत तयारीका लागि सहयोग प्रदान गर्न सुरु गरेकोले त्यहाँको जनताको सहयोगबाट नेपालका सात जिल्लामा यस्ता भवन निर्माण गरिने, भूकम्प सुरक्षा सम्बन्धी तालिम सञ्चालन गरिने बताउनुभयो । उहाँले थाइल्याण्डका जनताबाट नेपाली जनताको जिविकोपार्जन र पुर्नत्थानका लागि २०–२० लाख अमेरिकी डलरको सहयोग गरेको बताउनुभयो ।

राजदुत भकवत तान्स्कुँलले दुई देश बिचको मित्रता सद्भाव र सम्बन्ध प्रगाढ लागि स्वास्थ्य मन्त्रालयलाई १५ लाख अमेरिकि डलरको सहयोग र नेपाल रेडक्रस सोसाई केन्द्रीय रक्त संचार सेवाको पुर्ननिर्माणका लागि ४० लाख अमेरिकि डलरको सहयोग गरेको बताउनुभयो । भवन शिलन्यासको कार्यक्रमले दुई देशबिचको सहयोगलाई यसले अझ सहयोग हुने कुरा जानकारी दिदंै थाई र नेपालीको समबन्ध अझ धेरै प्रगाढ हुने विशवास व्यक्त गर्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख तथा स्थानीय परियोजना निर्देशन समितीका संयोजक सोम प्रसाद मिश्रले थाई जनता र नेपाली जनताको सहयोगले भवन शिलन्यास भएको बताउदैैं विपत व्यवस्थापनको क्षेत्रमा चाँगुनारायण नगरपालिकाले महत्वपूर्ण कामहरु गरेको बताउनुभयो । मेयर मिश्रल भन्नुभयो –“डिसिय नेपाल मार्फत फ्रेन्स काउनिसल प्रगती परियोजनाको सहयोगले नगरपालिकामा नगरपालिका स्तरिय आपतकालिन संचालन केन्द्र (mभयक) स्थापना गरेको बताउनुभयो । जोखिम संवेदनशिल भु–उपयोग नितीको निर्माण, विपद व्यवस्थापन तथा जलवायु उतथानशील योजनाको अनितम चरणमा पुगेको बताउनुभयो ।

विपदको समयमा सुरक्षित आवासको आवश्यकतालाई मध्यनजर गर्दै आज यो शिलन्यास गरेको बताउदैं थाईल्याण्ड र नेपालको ६० वर्षको सम्बन्धमा कुनै समस्या नआएको र दुई देशबिचको सम्बन्ध अझ सुधार हुदै मजबुत भएको बताउनुभयो । भवन सिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी भक्तपुरका नारायण प्रसाद भट्ट, आइओएम मिसनका प्रमुख पाउल नर्थुन, नगरपालिकाका उपप्रमुख बीना बास्तोला लगायतले बहुउद्देश्यिय भवन निर्माण पछि चाँगुनारायण नगर क्षेत्रका जनतालाई सिप, क्षमता अभिबृद्धि गर्नुका साथै विपतको समयमा भवनको उपयोगिता महत्वपूर्ण हुने बताउनुभयो ।

२०७५ मंसिर २८ गते प्रकाशित

वि.सं.२०७५ मंसिर २८ शुक्रवार १५:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...