back
NMB ad

भक्तपुरमा आजबाट तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला सुरु

Kumari bank ad

भक्तपुर । तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला आजबाट भक्तपुरको सल्लाघारीमा स्ुरु भएको छ । भक्तपुर विद्युतीय साम्रगी व्यवसायी संघको आयोजनामा भएको मेलाको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गर्नु भएको हो ।
मेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले ईलेक्ट्रोनिक्स सामानहरु बनाउने उद्योगहरु आफनै देशमा स्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “विदेशी सामान विक्रि गर्नु भन्दा पनि आफ्नै देशमा उत्पादित सामानहरु विक्रि वितरण तथा प्रवद्र्धन गर्नु सके यसले देशको अर्थतन्त्रमा थप टेवा पुग्नुका साथै रोजगारमा समेत मद्दत पुग्ने छ ।”बिदेशी उत्पादनका सामानहरुले ब्यापार घाटा बढाएको तर्फ सबै पक्ष सोच्नु पर्ने अवस्था आएको समेत उहाँको भनाई रहेको छ ।

प्रतिनिधिसभाका साँसद प्रेम सुवालले मेला सञ्चालन भइरहेको १ सय ८ रोपनी चौर भक्तपुरका जनताकै सम्पत्ति भएको बताउनु भयो ।
बिगत देखि नै भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याइरहेको ख्वप कलेजको संरचना विश्वविद्यालय बनाउन पूर्ण रहेको र यो चौरमा ख्वप विश्वविद्यालयका लागि उपयुक्त रहेकाले समेत बिगतदेखि नै सरकारसँग यो चौरको माग भइरहेको बताउनु भयो ।

पाँच दिनसम्म चल्ने मेलामा एक सय ५० स्टलहरु रहेका छन् जसमध्ये एक सय स्टलहरुमा विद्युतीय सामग्रीसँगै सूचना प्रविधिका साम्रगी रहने छ भने बाँकी स्टलमा भक्तपुरका मौलिक उत्पादन, अटोमोबाइलका स्टलहरु रहने मेलाका संयोजक माधवप्रसाद प्रजापतिले बताउनुभयो ।

भक्तपुरलाई इलेक्ट्रोनिक्स हबको रुपमा विकास गर्ने उद्देश्यका साथ संघले प्रत्येक चार चार बर्षमा मेलाको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । मेलामा २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र करिब ५० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने संघका अध्यक्ष पुण्यराम खाताखोले बताउनुभयो ।

२०७५ पौष २६ गते प्रकाशित

वि.सं.२०७५ पुस २६ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...