Logo

आन्तरिक हवाई भाडा घट्ने

काठमाडौं । नेपाल आयल निगमले लिटरमै १० रुपैयाँ हवाई इन्धनको भाउ घटेपछि आन्तरिक हवाइ भाडापनि घट्ने भएको छ । आन्तरिक उडानका वायुसेवा कम्पनीले हवाई भाडा घटाउने तयारी गरेका छन् । सम्भवत आइतबारबाट हवाई भाडा घट्ने छ । सरकारले हवाई इन्धन घटाएपछि आन्तरिक उडानका वायुसेवाको छाता संगठन वायुसेवा सञ्चालक संघलाई भाडा घटाउन दवाव परेको हो ।

सम्भवत आज वा भोली बैठकबसी हवाई भाडा घटाउने निर्णयमा पुग्ने संघका एक जना सदस्यले बताए । बैकठकपछि कुन गन्तव्यमा कति घटाउने भन्ने निर्णय जानकारी पनि उनले दिए । आयल निगमले प्रति लिटर आन्तरिक हवाई इन्धनको मूल्य १०४ रुपैयाँ ५० पैसाबाट घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

२०७५ पौष २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com