back
NMB ad

सरकार सुरक्षित मुलुक निर्माणको अभियानमाः प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ ।
२१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
“हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौं,” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचनाहरु भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौं ।”

सरकार २०७२ सालको भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माणमा जुटेको उल्लेख गर्दै कोही पनि भूकम्प पीडितहरु नछुटुन् भनेर भूमिहीन, ऐलानी र प्रतिजग्गामा बसोबास गरेका परिवारका लागि समेत सुरक्षित आवास पुनर्निर्माण गर्ने व्यवस्था गरेको जानकारी दिनुभएको छ । “पैसा नभएर घर निर्माण गर्न नसकेकाहरुलाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउनका सहुलियत कर्जा सम्बन्धी एकीकृत कार्यविधि जारी गरी लागू समेत गरिसकिएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाका लागि थप ५० हजार अनुदान दिने र भूकम्प प्रतिरोधी घर पुनर्निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको छ ।”

सरकार पुनर्निर्माणको काम दिगो होस् भनेर स्थानीय तहहरुलाई स्रोत साधन र कार्य जिम्मेवारी समेत हस्तान्तरण गरिरहेको बताउँदै प्रधानमन्त्रीले पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण गर्दा परम्परागत मौलिकता कायम गर्न विशेष ध्यान दिइएको जानकारी दिनुभएको छ । उहाँले सुरक्षित, भूकम्प प्रतिरोधी, मौलिक शैलीमा हाम्रा सम्पदाको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकारणमार्फत उपत्यका र बाहिरका ६ वटा परम्परागत बस्तीलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ । काठमाडौं उपत्यका र बाहिरका परम्परागत बस्तीका लागि गुरुयोजना तयार गरिएको, तीन तहको सरकार, स्थानीय समुदायको सहभागिता र स्वामित्वमा पुनर्निर्माणका कामहरु भइरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रलाई मात्र होइन, सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्प प्रतिरोधी बनाउनका लागि प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गर्दै प्रभावकारीरुपमा कार्यान्वयन गरिएको जानकारी दिनुभएको छ । “कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण गर्न र कुनै पनि विपद्को सामना गर्न हामीले पूर्व तयारी कार्यमा विशेष ध्यान दिनै पर्दछ,” प्रधानमन्त्रीको भनाइ छ ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पुगेको क्षति र त्यसको पुनर्निर्माणको अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

२०७५ माघ २ गते प्रकाशित

वि.सं.२०७५ माघ २ बुधवार ०८:५९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...