back
NMB ad

राक्सिराङमा वालबिवाह विरुद्ध सचेतना बोर्ड

Kumari bank ad

मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा वालबिवाह विरुद्ध सचेतना बोर्ड राखिएको छ । राक्सिराङ गाउँपालिका, लिसा हिमालय इ भि, र दिगो विकासका लागि एकता नेपालको संयुक्त आयोजनामा बोर्ड राखिएको हो ।

राक्सिराङ गाउँपालिका ८ देबिटार स्थित श्री निम्न माध्यमिक विद्यालयमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बोर्ड राख्ने कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा बाल्दै अध्यक्ष मल्लले गाउँपालिकाको रोगको रूपमा रहेको बालबिबाह र बहुबिबाह हटाउन सक्रिय हुने बताउनुभयो । यो कार्यक्रमले प्रदेशको बालबिबाह मुक्त प्रदेश निर्माण गर्ने अभियानलाई सहयोग गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुंग, आठ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, लिसा हिमालय इ भि, दिगो विकाशका लागि एकता नेपाल संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

यसैगरी अन्य ८ स्थान मा ८ दिनसम्म बोर्ड राखिने लिसा हिमालय इ भि का कार्यक्रम निर्देशक अन्जन प्रसाद पौडेल ले जानकारी दिनुभयो । विहिबार नै विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई बाल विबाह विरुद्धका चलचित्र समेत देखाईएको थियो ।

सरकारले बिबाह गर्न केटा केटी २० बर्ष तोकेको छ भने २० बर्ष नपुगी गरेको विवाह बदर हुने व्यवस्था गरेको छ । यसैगरी बालबिबाह गराउने ब्यक्ति लाई ३ बर्ष कैद र ३० हजार जरिवाना गर्ने कानुन रहेको छ ।

लिसा हिमालय ई भि को आर्थिक सहयोगमा दिगो विकासका लागि एकता नेपालले आफ्नो शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत ग्रामिण भेगमा फलफुलको बिरुवा बितरण, अदुवा खेतीमा सहयोग, बेमौसमी तरकारी खेतिका लागि टनेल सहयोग, उन्नत मकै खेती सहयोग, कृषि उपज संकलन केन्द्र निर्माण, मौरीघार बितरण, १६ विद्यालय तथा ६ बालबिकास केन्द्रका विद्यार्थीहरुको नियमित स्वस्थ्य परिक्षण र दिवा खाजाको ब्यबस्था, ५ विद्यालयका २९ कोठा र शौचालय निर्माण, १३ विद्यालय मा २१ जना सहयोगि शिक्षक सहयोग, १०३३ चेपाङ ,तमाङ र बिपन्न विद्यार्थिहरुलाई छात्रबृृत्ति कार्यक्रम अन्तर्गत विद्यालय पोशाक, झोला, कुर्तासुरुवाल तथा जाडोका कपडा लगायत विभिन्न सहयोग गरीएको युएसडि नेपाल का परियोजना व्यबस्थापक अनिल पौडेलले जानकारी दिनुभयो ।

२०७५ माघ ५ गते प्रकाशित

वि.सं.२०७५ माघ ५ शनिवार १३:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...