Logo

हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

काठमाडौं– एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ५ शव फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाकाे सीमा क्षेत्रमा पर्छ। ‘हाल ताप्लेजुङमा कुहिराे लागिरहेकाे र पानी पनि परिरहेकाे छ ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र  पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com