back
NMB ad

चेम्बर समक्ष बिभिन्न देशका लगानीकर्ताको प्रतिबद्धता, ‘हामी नेपालमा लगानी गर्न आतुर छौं

Kumari bank ad

काठमाडौं । विभिन्न देशका लगानीकर्ताहरु चेम्बर समक्ष आफुहरु नेपालमा लगानी गर्न इच्छुक भएको बताएका छन् । लगानी सम्मेलनको पूर्व सन्ध्यामा चेम्बरले आयोजना गरेको छलफलमा विभिन्न देशका लगानीकर्ता तथा त्यहाँका सरकारी प्रतिनिधिहरुले पछिल्लो समय नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । साथै उनीहरुले नेपालले गर्न लागेको लगानी सम्मेलनले विश्व समुदायमा राम्रो सन्देश गएको भन्दै अबका दिनमा आफुहरु लगानी गर्न तयार भएको बताएका हुन् । विशेषगरी उनीहरुले नेपाली व्यवसायीहरुको सहकार्यमा नेपालमा भित्र्याउन चाहेको समेत बताएका छन् ।

सम्मेलनलाई लक्षित गर्दै चेम्बरले विभिन्न देशका लगानीकर्ता तथा नेपालस्थित राजदूतहरुसँग छुट्टाछुट्टै गरेको छलफल कार्यक्रममा सबैजसो लगानीकर्ताले आफुहरु नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् । कार्यक्रममा इजरायली लगानीकर्ता सहित आएका नेपालका लागि इजरायली राजदूत बेन्नी आमेरले आगामी दिनमा नेपालमा लगानी भित्र्याउन आफुले विशेष पहल गर्ने बताए । विशेषगरी कृषिमा आधुनिक प्रणाली, टेक्नोलोजी ट्रान्सफर तथा नेपालको खण्डिकृत जमिनमा इजरायली लगानी र प्रविधि भित्र्याएर काम गर्न तयार भएको बताए ।

‘हाम्रा देशका लगानीकर्ताहरु नेपालमा ज्वाइन्टमेन्चरमा लगानी गर्न तयार छन् त्यसका लागि हामीले सिमित क्षेत्र हेरिरहेका छौं,’ उनले भने, ‘नेपाली लगानीकर्ताले इजरायलसँग कस्तो खालको सहयोग र कुन क्षेत्रमा काम गर्न खोजेको हो त्यसको प्रपोजल बनाएर पठाउनुहोस म आफै सहजकर्ताको काम गर्नेछु ।’ साथै नेपाल राष्ट्र बैंकले नेपालका बैंक वित्तीय संस्थालाई विदेशस्थित बैंकबाट लगानी ल्याउन बाटो खुला गरेको भन्दै त्यसमा समेत लगानी गर्न इजरायलका बैंकहरु तयार भएको बताए ।

यसैगरी चीनको युयान प्रान्तमा वाणिज्य विभागका निर्देशक युन लिनले आफुहरुले नेपालमा ज्याइन्टभेन्चरमा कम्पनी स्थापना गर्न इच्छुक भएको बताए । ‘विशेषगरी कृषि उपकरण, जलविद्युत निर्माणका लागि आवश्यक सामग्री र विभिन्न प्रकारका मेशिन निर्माणका लागि नेपालमै प्लाण्ट राख्न तयार छौं,’ निर्देशक लिनले भने, ‘हामीले युयान प्रान्तमा पनि धेरै कृषि तथा जलविद्युतमा ठूलो फड्को मारेका छौं जुन कुरा नेपालमा पनि गर्न तयार छौं ।’

चीनकै युयान जिन्फु ग्रूपले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न तयार रहेको बताएको छ । हाल बंगलादेश, भियतनान, म्यानमार, इन्डोनेशियालगायत ६ वटा मुलुकमा कम्पनी नै स्थापना गरेर लगानी गर्दै आएको जानकारी दिँदै उपयुक्त वातावरण भएमा नेपालमा पनि तत्काल कम्पनी स्थापना गरी लगानी गर्ने जानकारी दिएको छ ।

यस्तै भारतको तर्फबाट पीएचडी चेम्बर अफ कमर्शका पदाधिकारीहरुले पनि नेपालका स्थानीय लगानीकर्तासँगको सहकार्यमा सडक पूर्वाधार, एलइडी बल्ब लगायतका क्षेत्रमा काम गर्न इच्छुक भएको बताएका छन् । तर, कच्चा पदार्थ आयात गर्दा नेपाल सरकारले लिने उच्च भन्सार दरका कारण नेपालमा उद्योग स्थापना कठिनाई भएको बताएका थिए । सरकारले लगानीसम्मेलनका लागि धेरै परियोजना शोकेसमा राखेको भएपनि त्यस्ता आयोजनामा काम गर्न स्थानीय साझेदार आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा भियतनाम पोष्ट्स एण्ड टेलिकम्युनिकेशन गू्र्रपका मेनेजर नग्युन टुन दोङले नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको बताए । साथै नेपाल वैदेशिक लगानी भित्र्याउनका लागि भियतनामी मोडल अपनाउन समेत आग्रह गरेका थिए । यसैगरी कोरियाली लगानीकर्ताहरुले पनि नेपालको पूर्वाधारमा लगानी गर्न इच्छुक रहेको बताएका थिए । कोरियाको ट्रेड इन्भेष्टमेन्ट प्रमोसन एजेन्सी (कोत्रा)का कार्यकारी निर्देशक हिजोङ किमले नेपालमा लगानी गरी व्यापार प्रवद्र्धन सोही अनुरुप कम्पनी नै स्थापना गर्न तयार रहेको बताए ।
यस्तै स्पेनका चीफ इकोनमिक एण्ड कमर्सियल काउन्सुलर रेजिना सान्चाले आफुहरु पनि लगानीसम्मेलन मार्फत नेपालमा लगानी गर्न इच्छुक भएको बताईन ।

यसका लागि नेपालका निजी क्षेत्रसँग सहकार्य गर्न आफ्ना देशका लगानीकर्तालाई पनि जानकारी गराईने बताईन् । उक्त छलफलमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानीकर्ताहरुलाई नेपालको कृषि, पर्यटन र ऊर्जामा लगानी गर्न आग्रह गरेका थिए । ‘पछिल्लो समय देशमा सरकारले लगानीको वातावरण बनाएकाले विदेशी लगानी सुरक्षित हुनुका साथै प्रतिफल समेत उच्च छ,’ उनले भने, ‘पहिले देशमा स्थिर सरकार थिएन भने राजनीतिक संक्रमण पनि थियो अहिले त्यो सबै समस्या समाधान भइसक्यो अब नेपालमा लगानीको वातावरण बनेको छ ।’

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष दिपक मलहोत्राले नेपालमा इजरायलको प्रविधि भित्र्याएर कृषि क्षेत्रमा काम गर्न आग्रह गरेका थिए । ‘इजरायलको तुलनामा नेपालमा कृषिको लागि जमिन तथा हावा पानीको राम्रो व्यवस्था छ,’ उपाध्यक्ष मलहोत्राले भने, ‘जहाँ कृषि गर्दा इजरायको भन्दा कयौं गुणा बढी प्रतिफल पाउन सकिन्छ ।’ तर, नेपालमा आधुनिक कृषि प्रणालीका लागि इजरायलको जस्तो प्रविधिको आवश्यक परेको उनको भनाई थियो ।

उक्त कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल दीपक मल्होत्रा, सदस्यहरु लोकमान्य गोल्छा, राष्ट्रभुषण चाकुबजी, नवराज ढकाल लगायतको उपस्थिती रहेको थियो ।

२०७५ चैत १५ गते प्रकाशित

वि.सं.२०७५ चैत १५ शुक्रवार ०९:१८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...