Logo

असार १ गते देखि लागू हुने गरी पेट्रोलीयम पदार्थको मूल्य घट्यो ।

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले असार १ गते आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कपोरेसनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर दुई घटाएको छ ।समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

२०७६ असार २ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com