Logo

प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयकका बिषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ ।

काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो । राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा ,साँसदहरु पम्फा भूसाल,कृष्णगोपाल श्रेष्ठ,महेश बस्नेत , जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राख्नु भएको थियो । यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधयकका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

जनप्रतिनिधिहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विधेयकका बिषयमा आफूले परामर्श गरिरहेको र सरकारले यस सम्बन्धमा चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको छ ।

२०७६ असार ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com