काठमाडौं । ऐतिहासिक मूल्य कायम गरेको सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारकोलागि प्रति तोला सुनको मूल्य ६५ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।मंगलबार सुनको मूल्य ६५ हजार पाँच सय रुपैयाँ कायम भएको थियो।यो मूल्य नेपाली सुन बजारमा हालसम्मै उच्च हो।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेकोले नेपाली बजारमा सुनको मूल्य घटेको महासङ्घले जनाएको छ। नेपाली बजारमा अन्तराष्ट्रिय बजारमा कायम हुने मूल्यको आधारमा सुनको मूल्य तय गरिन्छ। मंगलबार सुनसँगै चाँदीको मूल्य समेत घटेको छ। प्रति तोला पाँच रुपैयाँ घटेर ७३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
२०७६ असार ११ गते प्रकाशित
वि.सं.२०७६ असार ११ बुधवार १२:०९ मा प्रकाशित