back
NMB ad

सिभिल बैंकको रन्जना लिपि सहितको परिचय पाटी राखिएको दौबहाल शाखाको उद्घाटन

Kumari bank ad

काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले नेपाली बैंकहरुमै पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट प्रारम्भ गरेको छ ।

सो शाखाको उद्घाटन वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले गर्नुभयो । शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले गर्नुभएको थियो भने प्रमुख अतिथि वांगमय शताब्दी पुरुष सत्य मोहन जोशी, बिशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा अन्य विशिष्ट पदाधिकारीहरु, ललितपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पार्नुभयो र रंजना लिपि सहितको परिचय पाटीले आफूलाई थप हर्षित बनाएको कुरा पनि बताउनु भयो । त्यसैगरी प्रमुख अतिथि तथा वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले नेपालको बैंकिंग इतिहासको छोटो चिनारीसंगै सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

२०७६ असार २० गते प्रकाशित

वि.सं.२०७६ असार २० शुक्रवार १०:१३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...