काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गर्नुभयो ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
लमही शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९२ पुगेकोे पनि बैंकले जनाएको छ ।
२०७६ असार २७ गते प्रकाशित
वि.सं.२०७६ असार २७ शुक्रवार १०:३१ मा प्रकाशित