back
NMB ad

आलु खेतीलाई ५ लाख अुनदान

Kumari bank ad

दमौली । तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पनि कृषकलाई बीउ खरीदमा अनुदान दिइएकोमा उक्त अनुदान रकमलाई चालू आव ०७६/७७ मा पनि निरन्तरता दिइएको जानकारी दिनुभयो । आलुखेतीका लागि कृषकलाई अनुदान वितरण गर्न गाउँपालिकाले यो वर्ष रु पाँच लाख विनियोजन गरेको रानाले जानकारी दिनुभयो ।

“आलुमा आत्मनिर्भर बनाउन कृषकलाई सहयोग गर्ने नीति लिइएको छ”, उहाँले भन्नुभयो, “आगामी तीन वर्ष्भित्र गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य छ ।” अध्यक्ष रानाका अनुसार चिस्यानकेन्द्र नहुँदा आलुको बीउ जोगाइरहन समस्या भएकाले चालू आवमा नै चिस्यानकेन्द्र निर्माण गरिनेछ । चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गरिने उहाँले जानकारी दिनुभयो ।

एउटा सहकारी र पाँच वटा समूहले सामूहिकरुपमा आलुखेती गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख भविलाल रानाभाटले जानकारी दिनुभयो । त्यसका अतिरिक्त व्यक्तिगतरुपमा आलुखेती गर्ने कृषक पनि रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा आलुखेती गर्ने कृषकको सङ्ख्या १९० रहेको छ । गत वर्ष १७.५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयँरे, छाङपाटन, पिपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको छ । यो वर्ष आलुखेतीका लागि पोखरास्थित चिस्यानकेन्द्रमा १२ टन आलुको बीउ राखिएको छ । “कृषकले आफूले चाहेको बेला चिस्यानकेन्द्रबाट बीउ ल्याएर खेती गर्न सकून् भनेर बीउ राख्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “चिस्यानकेन्द्रमा बीउ राख्न र ल्याउन ढुवानी भाडाको व्यवस्था गाउँपालिकाले मिलाएको छ ।”

गाउँपालिकाले आलुखेतीका लागि अनुदान दिन शुरु गरेपछि आलुखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । यो वर्ष पनि आलुखेती गर्ने कृषक बढ्ने गाउँपालिकाको अनुमान छ । “गाउँपालिकाले आलुखेतीका लागि अनुदानको व्यवस्था गरेपछि यहाँका कृषक आलुखेतीतर्फ आकर्षित भएका छन्”, रानाभाटले भन्नुभयो, “विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिकरुपमा आलुखेती गरेका छन् ।”

म्याग्दे गाउँपालिका–७ का गोवद्र्धन काफ्लेले गाउँपालिकाले कृषकलाई समूहमा आबद्ध बनाई अनुदानमा बीउबिजन, प्रविधि, विषादीको वितरण तथा उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गरेपछि सामूहिक आलुखेतीतर्फ कृषक आकर्षित भएको जानकारी दिनुभयो ।

स्थानीयवासी लक्ष्मी भण्डारीका अनुसार विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखीमात्र आलुखेती गर्दै आएकोमा गत वर्षदेखि गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर खेती शुरु गरिएको छ । गाउँपालिकाले सहकारी खेती, साना सिँचाइ तथा मल बीउ ढुवानी कार्यक्रम सञ्चालनका लागि पनि बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार च्याउखेती प्रवद्र्धन कार्यक्रम, मौरीसहित घार वितरण, प्राङ्गारिक मलमा अनुदान, धान बीउ वितरण, मकै बीउ वितरणलगायतका कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिएको छ । -रासस

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार १५:५८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...