Logo

अरुण भ्यालीले गर्यो ५ करोड ३२ लाख खुद नाफा

काठमाडौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ करोड ३२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनील अघिल्लो वर्षको यही अवधिको तुलनामा ३ करोड १९ लाख २३ हजार रुपैयाँले बढी भएकोे जनाएको छ । कम्पनीले अघिल्लो वर्ष २ करोड १३ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको चौथो त्रैमासको वित्तीय विवरणअनुसार विद्युत बिक्रीबाट ५ करोड ४७ लाख ७३ हजार रुपैयाँ आम्दानी भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २७ लाख १३ हजाररुपैयाँले बढी हो ।

अन्य शिर्षकबाट पनि कम्पनीले ४ करोड २२ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य शिर्षकको अघिल्लो वर्षको आम्दानी १ करोड ८९ लाख ९१ हजार थियो ।

२०७६ साउन २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com