Logo

घट्यो सुनको भाउ

काठमाडौं ।  नेपाली बजारमा धमाधम उर्लिएको सुनको भाउ उत्तारचढाव भईरहेको छ । बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ ।

सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरि कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

२०७६ साउन २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com