back
NMB ad

जापानले ६० हजार नर्स लैजाने

Kumari bank ad

काठमाडौं । निकै लामो प्रयासपछि सरकारले जापान जाने नेपाली कामदारका लागि लिइने भाषा परीक्षाको मिति र मोडालिटीबारे टुंगो लगाएको छ ।

पहिलो चरणमा नर्स र केयर गिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जापानले पाँच वर्षको अवधिमा विभिन्न १४ क्षेत्रमा ३ लाख ४० हजार बढी विदेशी कामदार लैजाने नीति अघि सारेको छ ।  सोही नीतिअनुसार नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने उल्लेख गरेको छ । नेपालबाट मात्रै नर्सिङ क्षेत्रमा कति कामदार लैजाने भन्नेबारे अझै यकिन भइसकेको छैन । पहिलो चरणमा नर्सिङ केयरमा मात्रै कामदार लैजाने भए पनि त्यसपछि कृषि, उद्योग, पर्यटन, होटल, रेस्टुरेन्टलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजाने बताइएको छ ।

जापानले विशिष्ट दक्ष कामदारमध्येबाट पहिलोमा सम्बन्धित काममा दक्षता भएका र उच्च तहको सीप भएका कामदार छनोट गर्ने दुई मुलुकबीच भएको समझदारीमा उल्लेख छ । यसअघि नेपाली कामदार विभिन्न मेनपावर तथा कन्सल्टेन्सीमार्फत रोजगारीका लागि जापान पुग्ने गरेका थिए ।

जापानमा हाल नेपालीले मासिक न्यूनतम ३ देखि ४ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । पछिल्लो समय खाडी राष्ट्रहरूमा देखिएको आर्थिक मन्दीका कारण त्यहाँको रोजगार कटौती हुँदै जान थालेपछि सरकारले खाडी मुलुकको विकल्पमा नयाँ रोजगारीको गन्तव्य खोज्ने क्रममा जापानसँग दुईपक्षीय श्रम समझदारीमा हस्ताक्षर गरेको हो ।

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार ०७:४९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...