Logo

घरेलु कामदारको पुनः श्रम स्वीकृति तत्काल खुला नगर्न माग

काठमार्डौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माग गरेको घरेलु कामदारको पुनः श्रम स्वीकृत तत्काल खुला नगर्न सांसदहरूले माग गरेका छन ।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरूले सम्बन्धित मन्त्रीसहितको स्पष्ट धारणा नआएसम्म समितिले निर्णय गर्न नसक्ने बताएका हुन ।

२०७२ चैत २० गते सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउने कार्यमा रोक लगाएको थियो । तत्कालीन व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनअनुसार सरकारले घरेलु कामदारलाई रोक लगाएको हो ।

जसका कारण कतिपय कामदारहरू रोजगारदाताले बिदा दिँदा पनि पुनः जान नपाइने डरले स्वदेश नै फर्कन नपाएको नयाँ पत्रिकाले खवर छापेको छ ।

२०७६ साउन ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com