Logo

रबी लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएपछि दिपक बोहोरा यस्तो भन्दै आए लाइभमा

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या पछि फेला परेको भिडियोका आधारमा प्रहरीले पत्रकार रबी लामिछानेलाई नियन्त्रणमा लिएको छ । आत्महत्या प्रकरण बारेलविषयवस्तुमा छानविन तथा सोधपुछका लागि काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोतारपत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी नियन्त्रणमा रहेका आफ्ना सहकर्मीहरुको विषयमा बोल्दै सिधा कुरा जनतासँगको कार्यक्रमका प्रोड्युसर दिपक बोहोरा फेसबुक लाइभमा आएका छन् । बोहोराले फेसबुक लाइभमार्फत रबीलाई टेलिभिजनको कार्यालयबाटै प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको बताएका छन् । रबीको टिमले प्रहरीलाई वकिलसंग कुरा गर्न केहि बेर पर्खन अनुरोध गर्दा समेत प्रहरीले समय नदिइ नियन्त्रणमा लिएको बोहोराले बताए । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि कहाँ राखिएको छ भने बारेमा समेत आफुहरुलाई प्रहरीले छल कपट गरीरहेको उनले बताएका छन् ।

 

https://youtu.be/swh6HfBroiQ

२०७६ साउन ३१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com