Logo

नगरपालिकाले सबै निजी घरको १० लाखसम्म बीमा गरिने

काठमाडौं । उदयपुरको त्रीयुगा नगरपालिकाले त्रीयुगा सभ्यता र विकास कार्यक्रम अन्तर्गत नगरपालिकाका सबै घरको सुरक्षित बीमा गर्ने भएको छ ।

सुरक्षित घर अभियान चलाउने तयारी गरेको नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने सबै घरहरुको अनिवार्य बीमा गराई सुरक्षित घर अभियान कार्यक्रम ल्याएको हो ।

नगरप्रमख बलदेव चौधरीका अनुसार २० हजार ५४ घरधुरी रहेको त्रियुगा नगररपलिकाभित्र करिब ३० प्रतिशत घर दसलत, गरिब तथा विपन्न परिवार भएकोले १० लाख सम्मको निशुल्क घर बीमा गरिदिने व्यवस्था मिलाइएको हो ।

घर बीमाका लागि बीमा कम्पनीले पनि काम अघि बढाइसकेको गोरखापत्रमा समाचार प्रकाशित छ ।

२०७६ भदौ १ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com