Logo

प्रदेश तीनमा ‘एक विद्यालय एक नर्स’ लागु : खुल्यो १०१ नर्सको विज्ञापन

काठमाडौं । प्रदेश तीन सरकारले माध्यमिक तहको पढाइहुने प्रत्येक विद्यालयमा एक नर्स राख्ने नीति ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत एक सय एक नर्सको विज्ञापन गरेको छ ।

सामाजिक विकास मन्त्रालयले आज विज्ञापन प्रकाशित गरी १३ जिल्लाको प्रत्येक स्थानीय तहमा एक जना पुराउनकालागि एक सय एक जना नर्स करार सेवामा राख्नेगरी विज्ञापन खोलेको हो । जस अनुसार सिन्धुली–८, रामेछाप–७, दोलखा ८, सिन्धुपाल्चोक–१०, काभ्रेपलाञ्चोक १२, ललितपुर–५, भक्तपुर–३, काठमाडौं–९, नुवाकोट–१०, रसुवा –४, धादिङ–११, मकवानपुर–८ र चितवनमा ६ जना माग गरिएको हो ।

हेर्नुहोस विज्ञापन

२०७६ भदौ ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com