Logo

अब ज्योतिषीलाई पनि लाइसेन्स !

काठमाडौं । आजको प्रतिनिधिसभा वैठकमा सांसद विमला विश्वकर्माले ज्योतिषीलाई पनि लाइसेन्सको व्यवस्था गर्न माग गरेकी गर्नुभएको छ ।

अन्य विषय पढेकाले लाइसेन्स लिएर मात्र व्यवसाय गर्न पाउँछन् । तर, ज्योतिषीले लाइसेन्स वा अधिकार पत्रबिना नै काम गरिरहेका छन’ उहाँले भन्नुभयो ‘अहिले यो पेशा गर्नेहरु महिनामा २/३ लाख रुपैयाँ कमाइरहेका छन । तर उनीहरुको निगरानी कुनै नियकाले गरेको छैन ।’

कुनै व्यवस्था नभएका कारण ज्योतिष पेशामा थुप्रै बेथिति देखिएको भन्दै उहाँले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्ने बताउनुभयो ।

‘निश्चित योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ, यसले करोडौं राजस्व उठ्छ र पेशा पनि व्यवस्थित हुन्छ । भन्ने उहाँको धारणा रहेको थियो ।

२०७६ भदौ ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com