back
NMB ad

अज्ञात समूहले पत्रकार महासंघ बागलुङको भवनमा तोडफोड

Kumari bank ad

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवनमा अज्ञात समूहले तोडफोड गरेको छ ।

महासंघको निर्माणाधिन सभाहलको युपिविसी तोडफोड गरिएको छ भने पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा टुक्रा पारिएको महासंघले जनाएको छ ।

पछिल्लो तीन साताको शनिवारका दिन तार एकै साथ काटिदिने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव राम थापाले बताउनुभयो । यसबारेमा शुरुवातमै जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएर ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

‘अहिलेको तोडफोड क्षतिका हिसावले ठुलो होइन, तर पत्रकारहरुको साझा संस्थामाथिको लगातारको घटनाले सांकेतिक आक्रमण हो कि भन्ने हिसावले हामीले संवेदनशील हिसावले लिएका छौँ,’ सचिव थापाले भन्नुभयो,‘प्रहरी कार्यालयकै सम्मुखमा भएको यस किसिमको घटनाले प्रहरी स्वयंम्लाई पनि प्रश्न उठेको छ, तोडफोडमा सम्लग्नको खोजी र अबका दिनमा प्रहरी निगरानी बढाउने बिषयमा गम्भिरता देखिन जरुरी छ ।’

महासंघले भवन आसपासमा काँडेतारले तारबार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासंघ भवनमा रातिको समयमा भएको तोडफोडका बिषयमा मौखिक जानकारी आएको र यस विषयमा आवश्यक अनुसन्धान जारी राखिएको बताउनुभयो ।

यस्तो किसिमको घटना हुन नदिन बजारमा सिसी क्यामेरा जडानका लागी आग्रह गरिएको र घटना दोहोरिन नदिनका लागी आवश्यक निगरानी बढाउने प्रहरी उपरिक्षक भट्टले बताउनुभयो ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०९:४५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...