back
NMB ad

बरु कम रुख काटिन्छ, निजगढमै बन्छ विमानस्थल, अर्को विकल्प छैनः मन्त्री भट्टराई

Kumari bank ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रस्तावित दोस्रो अन्तराष्ट्रिय निजगढ विमानस्थलको विकल्प अरु नभएको बताउनुभएको छ ।

नेपाल वातावरणमा पत्रकार समूहद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा प्रस्तावित निजगढ विमानस्थलको एआइए प्रतिबेदन सार्वजनिक गर्दै मन्त्री भट्टराईले निजगढ विमानस्थल नै उत्तम विकल्प भएको बताउनुभयो ।

निजगढ विमानस्थल निर्माण गर्नु भनेको वातावरणलाई विनास गर्नु नभएको पनि उहाँले बताउनुभयो । साथै उक्त विमानस्थल निर्माणका क्रममा कमसेकम क्षती हुने समेत उहाँको भनाई छ । यस्तै, सो विमानस्थल निजगढमा नभएर बाराको कोलबी भन्ने स्थानमा रहेको मन्त्री भट्टराईले भन्नुभयो ।

हाल एकमात्र अन्तराष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले चाप थेग्न नसक्ने र आउँदो २०२० देखि २२ सम्म जसरी पनि अर्को विमानस्थल सुचारु गरी सक्नु पर्ने बाध्यता रहेको बताउनुभयो । सरकारले दश पुस्ताको लागि नभएर सयौं पुस्ताले सम्झने गरी उक्त विमानस्थल बनाउन लागिएको उहाँले प्रष्ट पार्नुभयो ।

’विमानस्थल निजगढमै बन्छ, बरु कम भन्दा कम रुख काटिन्छ, सरकारले यो विमानस्थल बनाउने विषयमा पर्याप्त अध्ययन गरेको छ’, उहाले भन्नुभयो, ’आवश्यक क्षतिपूर्ति बुझाएरै भएपनि विमानस्थल बनाइन्छ, हामी सम्बन्धित विज्ञहरुसँग छलफल गर्दै अघि बढ्ने छौं, भोलीका पुस्ताका लागि हेरेर एअरपोर्ट बन्छ ।’ -नागरिक दैनिकबाट

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार १४:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...