back
NMB ad

शेयर बजारमा ओरालो यात्रा कहिलेसम्म ? नेप्से आज पनि करिब १० अंकले घट्यो

Kumari bank ad

काठमाडौं । शेयर बजारमा ओरालो लाग्ने क्रम निरन्तर छ । आइतबार १२ अंक बढीले घटेको नेप्से सोमबार पनि करिब १० अंकले घटेर करिब ५ महिना अघिको लयमा फर्किएको हो ।

भदौ २३ गते सोमबार नेप्से ९.५४ अंकले ओरालो लाग्दा ११६८.९१ बिन्दुमा झरेको छ । यस दिन १७३ कम्पनीका १४ लाख २८ हजार ८३८ कित्ता शेयर किनबेच भएर २९ करोड ९२ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भयो ।

यो आइतबारको तुलनामा ६१ लाख रुपैयाँले कम हो । आइतबार ३० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य अवमूल्यन भएको छ भने २८ कम्पनीको मात्र शेयरमूल्य सुधार भएको छ ।

कारोबारमा आएका १२ उपसमूहका सूचक मध्ये उत्पादन तथा प्रशोधन उपसमुहको सूचक बाहेक सबै ऋणात्मक देखिएका छन । उत्पादन तथा प्रशोधन समुहको सूचक मात्रै ५.३९ अंकले सुधार भएको छ।

निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै ६६.०८ अंकले घटेको छ। यस्तै जीवन बीमाको ६४.६, होटलको ४४.५९ र बाणिज्य बैंकको ६.८१ अंकले घटेको छ ।

सोमबार सिभिल बैंकको संस्थापक शेयर ४ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै कुमारी बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक, नेपाल लाइफ इन्स्योरेन्स र आधिँखोला लघुवित्तको शेयर एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

घट्दो बजारमा शेयर कारोबारमा आएको छोटो समय मात्र भएको आधिँखोला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ । यस्तै हिमालयन उर्जा, महिला सहयात्री माइक्रोफाइनान्सको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको छ ।

यसदिन युनाईटेड इन्स्योरेन्सको शेयरमूल्य सबै भन्दा धेरै ५.३१ प्रतिशतले घटेको छ । गत आवमा एक करोड ५८ लाख खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेपछि लघुवित्तको शेयरमूल्यमा सुधार आएको हो ।

अघिल्लो आवमा कम्पनीले १६ लाख ३१ हजार नोक्सानी ब्यहोरेको थियो । यस्तै ग्लोबल आईएमई समुन्नत स्किम १ को इकाईमूल्य ५.०४, र नेपाल हाइड्रो शेयरमूल्य ४.८५ प्रतिशतले अवमूल्यन भएको छ।

विशाल बजार, ग्लोबल आईएमई लघुवित्त, युनाईटेड मोदी हाइड्रोपावर, एलआईसी नेपाल लगायत कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

२०७६ भदौ २३ गते प्रकाशित

वि.सं.२०७६ भदौ २३ सोमवार १६:३३ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...