Logo

२० लाख इकाई ऋणपत्र जारी गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ल्याउने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ५ वर्ष अवधिको ‘१० प्रतिशत नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

२०७६ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com