Logo

बैंकको १८ करोड हिनामिना गरेको आरोपमा थप दुई कर्मचारी पक्राउ

घोराही । दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै १८ करोड रुपैयाँ हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ ।

बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए। पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन ।

प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो। तीमध्ये चार जना छुटिसकेका छन भने अरु प्रहरीकै हिरासतमै छन ।

अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ। -रासस

२०७६ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com