Logo

अब सुनचाँदीलाई निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने

काठमाडौं । सरकारले आगामी असोजदेखि सुनचाँदी लगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने व्यवस्था गर्ने भएको छ।

अर्थ मन्त्रालयले यस्तो व्यवस्थासहित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्ययोजना तयार पारेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई मूर्तरूप दिन कार्ययोजना बनाइएको हो ।

यस कार्यक्रम अनुसार पहिलो चौमासिकसम्म यो व्यवस्थाका लागि निर्देशिका बनाउने कार्ययोजनामा उल्लेख छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जेको सुन र चाँदीलगायत बहूमूल्य धातु बैंकमा निक्षेपका रूपमा जम्मा गर्ने व्यवस्था गरेको छ । -अन्नपुर्ण पोष्टबाट

२०७६ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com