Logo

जनउत्थान लघुवित्तको लिलामी शेयरको बाँडफाँट तथा रकम फिर्ता

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमर्फत विक्रीमा ल्याएकोे सर्वसाधारण समूहतर्फको हकप्रद शेयरको बाँडफाँट मंगलवार गरेको छ ।

कम्पनीले १८ हजार ५३० कित्ता नबिकेको हकप्रद भदौ १० गतेदेखि १७ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो ।
साथै, कम्पनीले बोलपत्रमा नपरेको रकम भदौ २५ गते शेयरधनीहरुले उल्लेख गरेको बैंक खातामा फिर्ता गर्ने भएको छ ।

रकम खातामा जम्मा भए नभएको यकिन गर्न र जम्मा नभएको खण्डमा कम्पनीको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलमा सम्पर्क राख्न समेत कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

बाँडफाँटमा परेको रकम भने नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत भएपछिमात्र शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ ।

यो पनि पढ्नुहोस्   एभरेष्ट बैंकको अग्राधिकार शेयरको बुक क्लोज

२०७६ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com