Logo

यसपाली दशैं बिदा घट्यो, कति दिन हुन्छ बिदा?

काठमाडौं । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छोइसकेको छ । विभिन्न कार्यालयमा कर्मचारीले दशैंको योजनाबारे छलफल गर्न थालिसकेका छन ।

कतिपय दशैं खर्च जुटाउन लागिसकेका छन । दशैं बिदा भने विगतको तुलनामा कटौती भएको छ । सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो ।

पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो । घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो ।

अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com