Logo

सानिमा बैंक लिमिटेड र यु.के.एडको सक्षम बीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र यु.के.एड—सक्षमबीच सम्झौता भएको छ । कृषि कर्जा प्रबद्र्धन गर्नको लागि सानिमा बैंक लिमिटेडको प्रधान कार्यालय नक्साल काठमाण्डौ स्थित एक कार्यक्रम आयोजना गरि सम्झौता भएको हो । सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने,आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ । यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षमसंगको सहकार्यमा परिचालन गरिनेछ । यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो जुन नेपाल सरकार र यु.के.

सरकारको सम्झौता अनुरुप यु.के. एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो । सानिमा बंैकका सात वटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।

२०७६ भदौ ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com