काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।
रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । असोज ९ गते परिपक्क हुने यस रिपोको ब्याजदर न्यूनतम ४.५ प्रतिशत तोकिएको छ ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।
यसबाट बैंकिङ प्रणालीमा तरलता सहज पार्न सहयोग पुग्छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन ।
२०७६ असोज ०२ गते प्रकाशित
वि.सं.२०७६ असोज २ बिहीवार ११:४२ मा प्रकाशित