back
Kumari Bank

यी हुन लोपोन्मुख सोनाहा र नटुवा समुदायका पहिला शिक्षक

Nepal Bank

काठमाडौं । सुस्मिता सोनाहा र पण्डित नटुवा लोपोन्मुख जाति (सोनाहा र नटुवा) बाट मुलुककै पहिलो शिक्षक बनेका छन ।
प्रदेश ५ सरकारले सोनाहा र नटुवालाई पूर्वप्राथमिक विद्यालयको स्वयंसेवक शिक्षकको रूपमा नियुक्ति दिएको छ ।

स्वयंसेवक परिचालन कार्यकारी समितिको निर्णयअनुसार उनीहरूलाई नियुक्ति दिइएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पूर्वप्राथमिक स्वयंसेवक शिक्षक पदमा नियुक्तिसँगै उनीहरूले प्रदेश सरकारबाट पारिश्रमिकको रूपमा मासिक १७ हजार निर्वाह भत्ता पाउनेछन । सोनाहाको घर बर्दियाको गेरुवा गाउँपालिका–३ सोनाहा गाउँ हो भने नटुवा कपिलवस्तुको मायादेवी गाउँपालिका–२ अभिराव गाउँका हुन ।

सोनाहा कक्षा १२ मा अध्ययनरत छिन । नटुवाले कक्षा १२ को परीक्षा दिइसकेका छन । अहिलेसम्म यो समुदायमा पढेका र जागिर खाएका कोही पनि छैनन ।

प्रदेश ५ सरकारले गत वर्षदेखि स्वयंसेवक छनोट गरी परिचालन गरेकोमा यस वर्ष सीमान्तकृत र लोपोन्मुख जातिका दुई जनालाई थप गरेको हो ।

प्रदेश सरकारले विभिन्न क्षेत्रका १ सय ४५ जनालाई स्वंयसेवकको रूपमा गत आर्थिक वर्षदेखि परिचालन गर्दै आएको छ । त्यसमा शिक्षक, इन्जिनियर, खेलकुद प्रशिक्षक, कृषि प्राविधिक, स्टाफ नर्स, अनमी र सिएमए छन ।

सामाजिक विकास मन्त्रालयमा नियुक्तिपत्र बुझ्दै गर्दा भेटिएका सुस्मिता र पण्डित खुसी थिए । त्यो भन्दा बढी खुसी थिए सँगै आएका सुस्मिताका बुबा राधाकृष्ण सोनाहा र पण्डितका बुबा प्रल्हाद नटुवा ।

‘अरुको बटैया(अधिया खेती) गर्ने र माछा मारेर छोराछोरी पालेका छौँ, अहिले छोरी सरकारी जागिरे भई,’ खुसीको आँसुले आँखा रसाउँदै राधाकृष्णले भने।

‘यता जोत भन्दा त्यता जोत्ने, उता जोत भन्दा उतै जोत्ने गरेर यो उमेर भयो,’ राधाकृष्णले भने, ‘एउटा छोरी त स्कुलकी मास्टरनी पो हुने भई।’

उनी निवेदन दिन आउँदा पैसा सकिएर १५ सय रुपैयाँ मन्त्रालयका कर्मचारीसँग मागेर घर फर्किएका छन । छोराले १७ हजारको जागिर पाएपछि राधाकृष्ण जस्तै पण्डितका बुबा प्रल्हाद पनि उत्तिकै खुसी थिए।

‘म त मागेर खाने जातिको मान्छे हजुर छोराले जागिरे पत्र बुझ्दा खुसी लाग्यो,’ उनले भने। ६ छोरी र ४ छोरा गरी १० सन्तान रहेका उनको सबैभन्दा बढी पढेका पण्डित नै हुन । यो उनको परिवारमा मात्र नभएर उनीहरूको समुदायमै यति पढेका कोही छैनन ।

स्वयंसेवक शिक्षकमा नियुक्ति पाएकी सुस्मिताले शिक्षक बन्ने रहर प्रदेश सरकारले पूरा गरिदिएको बताइन्। ‘शिक्षाशास्त्र विषय लिएर पढ्दैछु,’ सुस्मिताले भनिन, ‘अब गाउँका बालबालिकालाई आफ्नै भाइबहिनी सम्झेर पढाउँछु, सिकाउँछु ।’

अर्का स्वयंसेवक शिक्षक पण्डितले पनि आफ्नो समुदायका बालबालिकालाई अगाडि बढाउन लागिपर्ने बताए । ‘हाम्रो त पढ्ने चलन नै छैन,’ उनले भने, ‘शिक्षक बन्न पाए अब बालबालिकालाई सिकाउनमा समय दिन्छु ।’

सामाजिक विकासमन्त्री सुदर्शन बरालले सीमान्तकृत र लोपोन्मुख समुदायलाई अगाडि बढाउने प्रदेश सरकारको नीतिअनुसार तत्कालका लागि दुई जनालाई छनोट गरिएको बताए ।

‘राज्यका विभिन्न तहमा उनीहरूको पहुँच र्पुयाउने कदमको सुरुवात हो,’ मन्त्री बरालले भने, ‘दुई जनाबाट सुरु भएको यो कामलाई वृहत बनाउँछौं।’ यस्ता कामले ती समुदायका युवालाई प्रेरणा मिल्ने र उनीहरू समुदायमा ‘रोलमोडेल’ भइ सकारात्मक परिवर्तन देखिने मन्त्री बरालको भनाइ छ ।

सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद शाखाका अधिकृत विष्णुप्रसाद पन्थीले सुस्मिता र पण्डितलाई पूर्वप्राथमिक स्वयंसेवक शिक्षक पदमा नियुक्ति गरिएको बताए । उनका अनुसार दुई पद माग गरिएकोमा तीन जनाको दरखास्त परेको र त्यसमध्ये दुई जनालाई छनोट गरिएको हो ।

६ महिनाको समय अवधि राखी नियुक्ति पाएका उनीहरूले मासिक १७ हजार निर्वाह भत्ता र वार्षिक ६ हजार रुपैयाँ चाडपर्व खर्च पाउनेछन ।-नेपाल न्युजबाट

२०७६ कात्तिक ०६ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ६ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार १९ बिहीवार १८:०९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम...

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

वि.सं.२०८२ असार १९ बिहीवार १८:०१

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड ९...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८२ असार १९ बिहीवार १७:५३

काठमाडौँ :नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५...

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

वि.सं.२०८२ असार १९ बिहीवार १७:३९

काठमाडौँ : मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन...

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

वि.सं.२०८२ असार १९ बिहीवार १७:२५

काठमाडौँ :  माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ...