back
NMB ad

किन्ने होइन त बजाजका मोटरसाइकल ? यस्तो छ नयाँ मूल्य

Kumari bank ad

काडमाडौं । मोटरसाईकल अहिले कामकाजी व्यक्तिदेखि व्यवसायीहरुसम्मका लागि नभइ नहुने आवश्यकताको साधन बनिसकेको छ ।

बढ्दो सवारी चापले गर्दा सार्वजनिक सवारी साधनमा हुने ढिलाइका कारण पनि मोटरसाइकल प्रयोगकर्ताको संख्या बढ्दो छ । त्यहि आवस्यकता पूरा गर्न विभिन्न कम्पनीले विभिन्न प्रकारका मोटरसाइकल उत्पादन गरेका छन् ।

नेपाली बजारमा पल्सर, एभेन्जर, डिस्कभर भन्ने बित्तिकै चर्चित र लोकप्रिय मोटरसाइकल मानिन्छन् । यी लोकप्रिय मोटरसाइकलको उत्पादक हो बजाज ।

बजाजले भिन्नाभिन्नै आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ । सबैभन्दा महंगो पल्सर एनएस एबीएस २०० देखि सबैभन्दा सस्सो प्लेटिनाजसम्मको नयाँ मूल्यसूचि सार्वजनिक भएको छ ।

बजाज कम्पनीका अनुसार नेपालमा सबैभन्दा महंगो पल्सर एनएस एबीएस २०० सीसीको मूल्य ३ लाख ३४ हजार ९ सय रहेको छ ।

त्यस्तै तीनलाख भन्दा धेरै मूल्य पर्नेमा पल्सर २०० एनएसको मूल्य ३ लाख १९ हजार ९००, पल्सर २२० एफ डीटीएस–आईको ३ लाख १४ हजार ९०० रहेको छ ।

त्यस्तै एभेन्जर क्रुस २२० को ३ लाख ३९ हजार ९ सय, एभेन्जर स्ट्रीट २२० को ३ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । तीन लाख भन्दा कम मूल्य पर्नेमध्ये एभेन्जर स्ट्रीट १८० को २ लाख ९९ हजार ९ सय, पल्सर एनएस १६० को २ लाख ८६ हजार ९००, पल्सर १८० डीटीएस–आईको २ लाख ७८ हजार ९००, पल्सर १५० डीटीएस–आई टीडीको २ लाख ६४ हजार ९ सय र १५० डीटीएस–आईको २ लाख ५३ हजार ९ सय र डिस्कभर १२५ एसटीको २ लाख २ हजार ९ सय रहेको छ ।

त्यस्तै २ लाख भन्दा कम मूल्यपर्ने मध्ये डिस्कभर १२५ डिस्क वालाको १ लाख ९२ हजार ९ सय र ड्रम वालाको १ लाख ८५ हजार ९ सय रहेको छ ।

बजारको सबैभन्दा सस्तो मोटरसाइकलको रुपमा रहेको प्लाटिनाज को १ लाख ६४ हजार ९ सय रहेको छ ।

२०७६ कात्तिक ०९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ९ शनिवार १५:५० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...