Logo

बैंकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुन तयार

काठमाडौं । वाणिज्य बैंकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुन इच्छुक देखिएका छन । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई भेटेर बैंकर्स संघका पदाधिकारीले कोषमा आवद्ध हुन इच्छुक रहेको बताएका हुन ।

तर केही प्रावधानहरु भने सच्याउनुपर्ने माग बैंकर्सले राखेका छन । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले भेटमा बैंकर्स संघका पदाधिकारीसँग सकारात्मक कुरा भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार करको विषयमा केही बैंकर्सका केही गुनासो रहेको छ ।

२०७६ कात्तिक २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com