back
NMB ad

घर बनाउँदै हुनुहुन्छ ? नेपाल बैंकले दिदैँ छ सस्तो ब्याजदरमा ऋण, यस्ता छन सुविधा

Kumari bank ad

काठमाडौं । आफ्नो स्थापनाको ८३ औं वर्ष प्रवेश गरेको अवसर पारेर नेपाल बैंकले निक्षेप तथा कर्जाका नयाँ योजना ल्याएको छ । बैंकले आज पत्रकार सम्मेलन गर्दै उक्त योजनाका बारेमा जानकारी गराएको हो ।

बैंकले प्रदान गर्ने निक्षेप योजना अन्तर्गत ग्राहकले निःशुल्क रुपमा एटीएम भिसा डेविट कार्ड, निःशल्क मोबाइल बैंकिङ्ग रजिष्ट्रेशन सुविधा, निःशुल्क एबीबीएस सुविधा, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा, ५० हजारसम्मको औषधोपचार सुविधा, ५० लाखसम्मको दुर्घटना बीमालगायतका सुविधाहरु पाउने बताइएको छ ।

बैंकको उक्त योजनाामा सहभागी हुन ग्राहकले २५ हजारमा बचत खाता खोल्नु पर्नेहुन्छ । बैंकले ल्याएको अर्को योजना अन्तर्गत ग्राहकलाई शुलभ आवास कर्जा योजना रहेको छ ।

जसमा ग्राहकले आफ्नै जग्गामा घर निर्माण गर्न, घर खरीद गर्न, घर मर्मत–सम्भार र थप निर्माण गर्नको लागि सुलभ व्याजदरमा कर्जा सविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले कम्तीमा ८.८४ देखि बढीमा ९.९४ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने भएको छ । यो कर्जा सविधा ५ वर्षदेखि २० वर्षसम्मको अवधिका लागि प्रवाह गरिने छ ।

नेपाल भर १६७ शाखा रहेको बैंकले २३ एक्सटेन्सन काउन्टर, १०२ एटिएम आउटलेटमार्फत करिब १७ लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराईरहेको छ ।

२०७६ कात्तिक २६ गते प्रकाशित

 

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १४:४८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...