back
NMB ad

यसकारण ज्योतिको फाइल प्रहरीलाई नै फिर्ता

Kumari bank ad

काठमाडौं । व्यावसायिक घराना ज्योति परिवारका ९ जना विरुद्धको अनुसन्धान फाइल बिहीबार सरकारी वकिल कार्यालयले प्रहरीलाई फिर्ता पठाएको छ ।

महानगरीय प्रहरी परिसरले ठगीको मुद्दा चलाउन बुधबार उक्त फाइल सरकारी वकिल कार्यालयमा पठाएको छ । काठमाडौंका जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले अनुसन्धान पूरा नभएकाले मिसिल फिर्ता पठाएको बताएका छन ।

जाहेरवाला विज्ञेन्द्रमान श्रेष्ठले आफूले पैसा पाइसकेको भन्दै जिल्ला न्यायाधिवक्तालाई निवेदन दिएपछि अनुसन्धान मिसिलमा उक्त निवेदनसहित समावेश गरेर प्रहरीलाई फिर्ता पठाएको हो ।

‘सबै तथ्य बुझेर पुनः अनुसन्धान गरी कानुन बमोजिम आवश्यक निर्णय लिन मिसिल फिर्ता गरिएको छ’, न्यायाधिवक्ता खनालले अन्नपूर्णसँग भने ।

पूर्व अर्थराज्यमन्त्री तथा व्यवसायी डा. रूप ज्योति र उनी छोरी सुरुचीलाई प्रहरीले गत साताको बिहीबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

गत आइतबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न म्याद दिएको थियो । शुक्रबार उक्त म्यद सकिँदै छ ।

वकिल प्रहरीकहाँ फाइल फिर्ता पठाएकाले मुद्दा नचलाइ मिलापत्र गर्ने बाटो खुलेको बताएका छन । तर प्रहरीले थप अनुसन्धान गर्न प्रक्रिया लम्ब्याउन सक्ने बाटो पनि बाँकी नै भएको उनीहरू बताउँछन्। यसको निर्णय शुक्रबार नै हुनेछ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई पनि अब प्रहरीले यसबारे कसरी प्रक्रिया अघि बढाउने भन्ने निर्णय गर्नसक्ने बताउँछन्। ‘फेरि मुद्दा चलाउने हो भने पुनः सरकारी वकिल कार्यालयमा मिसिल पेस गर्नुपर्छ’, उनले भने, ‘मुद्दा नचल्ने हो भने के कारणले नचल्ने भन्ने प्रस्ट्याएर प्रक्रिया अघि बढाउनु पर्छ। ’

तर अहिलेकै अवस्थामा मुद्दा टुंगिहाल्ने संभावना चाहिँ छैन। ठगीको आरोपमा समातिएकाले यसमा निर्णयक भूमिका सरकारकै हुन्छ। भट्टराई भन्छन, ‘सरकारबादी मुद्दा भएकाले जाहेरवाला र आरोपिमात्रै मिलेर मिलापत्र गर्न पनि सक्दैनन ।

यसका लागि सरकार तयार हुनुपर्छ र अदालत नै पुग्नुपर्छ ।’ मुद्दा नचलाउने निर्णय गर्ने हो भने उक्त मिसिल प्रहरीबाट जिल्ला सरकारी वकिल हुँदै महान्यायाधिवक्तासम्म पुग्नुपर्छ ।

यसका लागि पनि सरकार नै तयार हुनुपर्ने कानुन व्यवसायी बताउँछन । तर मुद्दा अघिबढाउने अवस्थामा पनि उनीहरू हिरासतबाट छुट्नसक्ने सम्भावना छ । जाहेरवालाको निवेदनका आधारमा अदालतबाट तारेखमा रिहा हुने संभावना रहेको कानुन व्यवसायी बताउँछन ।

काठमाडौंको बाँसबारीस्थित एक हाउजिङ कारोबारको विबादमा १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले ज्याती बाबुछोरीलाई पक्राउ गरेको थियो ।

अदालतले त्यसअघि नै ‘देवानी प्रकृतिको मुद्दा’ भनेर ब्याख्या गरिसकेको घटनालाई प्रहरीले पुनः ठगीको मुद्दामा अदालतबाट पक्राउपुर्जी जारी गराएको थियो । केही प्रहरी अधिकारी व्यक्तिगत रिसइवीबाट सुरु प्रहरीमा कुरा आइपुगेको बताउँछन।

डा.ज्योतिले पनि पैसा तिरिसकेको अवस्थामा आफूलाई झुटो मुद्दा लगाएर समातिएको बताएका थिए। उनले गत आइतबार जिल्ला अदालतमा आफूँग ५ करोड रुपैयाँ मागिएको बताएका थिए ।

उनले नियोजित रूपमा ज्योति परिवारलाई फसाउन खोजेको भने पनि न्यायाधीश ओपप्रसाद अर्यालले उक्त कुरा ‘प्रहरीमा बयान दिन’ भनेका थिए ।

व्यावसायिक बृत्तमा पनि यस घटनालाई लिएर सकरारको विरोध भएको छ। थुप्रै व्यवसायिक संगठनले ज्योति परिवार पक्राउनको विरोधका वक्तव्य निकालेका छन । नेपाल उद्योग वाणिज्य महासंघले ज्योतिलाई रिहा नगरे आन्दोलन गर्ने घोषणा गरेको छ । अन्नपुर्णपोष्टबाट

२०७६ कात्तिक २९ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २९ शुक्रवार ०९:१३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...