back
NMB ad

महँगो हुँदै भान्सा : झन् बढ्यो तरकारीको भाउ, कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ । राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो ।

जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै होइन तरकारी विकल्पमा गेडागुडी बढी उपभोग गर्न थालेका छन् ।

कलङ्कीमा भाडा लिएर परिवारसहित बस्दै आउनुभएकी भगवती घिमिरेको भान्सामा गएको असोजदेखि हरियो तरकारी कम पाक्न थालेको छ । उनले भने, पहिले दुईथरि तरकारी, दाल र एउटा अचार अनिवार्य हुन्थ्यो अब चाडपर्वका दिनबाहेक अन्य दिन एउटै तरकारीले टार्ने गरेकी छु, यति गर्दा पनि सय रुपियाँको तरकारीले पाँच जनाको परिवारको छाक टार्न मुस्किल छ ।

अहिले काउली, बन्दा, मूला र सागको त सिजन हो तर त्यो छोइसाध्ये नै छैन के गर्ने रु यस्तै हुने हो भने त भाडामा बस्ने र सर्वसाधारण गरिबलाई त भान्सा चलाउनै समस्या भो घिमिरेले गुनासो गरे।

अहिले इस्कुस केजीको ४०/४५ रुपियाँ, मूला प्रतिकेजी ६० रुपियाँमा पाइन्छ तीेबाहेक अन्य कुनै पनि तरकारी सय रुपियाँ कम मूल्यमा पाइँदैन, सामान्य कमाई हुनेले काठमाडौँमा कसरी बाँच्ने कालीमाटीमा तरकारी किन्दै गर्नुभएका देवेन्द्र अधिकारीले भने । उनले भने, तरकारी नआएर भन्नु भने बजारमा पर्याप्त तरकारी देखिन्छ किन महँगो भएको बुझन गाह्रो भो ।

तरकारीको भाउ पनि पसलैपिच्छे फरक छ, कालीमाटीकै खुद्रा पसलमा तरकारीको भाउ एउटै छैन अन्य ठाउँमा फरक हुनु के नौलो भो र रु अधिकारीले भने।

कालीमाटीकै खुद्रा बजारमा सोमबार बिक्रीका राखेका तरकारीमध्ये प्याज प्रतिकेजी १६५ रुपियाँ, घिउसिमी १५५ रुपियाँ, बन्दा प्रतिकेजी १०० रुपियाँ, राजमा सिमी प्रतिकेजी ११० रुपियाँ, आलु प्रतिकेजी ६५ रुपियाँ, गोलभेँडा ठूलो प्रतिकेजी ७० रुपियाँ, मूला सेतो प्रतिकेजी ६० रुपियाँ, बोडी १२५ रुपियाँ, इस्कुस ५५ रुपियाँ, काँक्रो स्थानीय प्रतिकेजी १५५ रुपियाँ मूल्यमा कारोबार भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर क्षेत्रीले यो बेलामा बर्खे तरकारी सिजन सकिएको र हिउँदे तरकारी जति आउनुपथ्र्यो त्यति मात्रामा आउन नसक्दा महँगो भएको बताए ।

उनले भने, यस वर्ष गत वर्षभन्दा तरकारी महँगो हुनुको कारण दुईवटा हुन सक्छन्, एउटा भारतबाट आउने तरकारीमा विषादी परीक्षण कडा गरिनु र अर्को हिँदे तरकारी उत्पादनमा मौसमले साथ नदिएर ढिला गरी उत्पादन सुरु हुनु हो, विस्तारै मौसमी तरकारी आउन थालेपछि मङ्सिरमै घट्दै जान्छ ।

काउली, बन्दा, मूलालगायतका तरकारी

सिर्जन सुरु हुँदासमेत माग अनुसार आपूर्ति हुन नसक्दा भाउ महँगो भएको बताए । गत वर्ष यही बेलामा प्रतिकेजी २५ रुपियाँ खुद्रा भाउमा किनबेच भएको स्थानीय काउली अहिले प्रतिकेजी केजी १५० रुपियाँमा किनबेच भइरहेको छ ।

बिचौलियाका कारण महँगो

यता उपभोक्ता अधिकारकर्मीले उत्पादन किसानको खेतदेखि उपभोक्ताको भान्सामा पुग्दा बीचमा चार÷पाँच लेयर पार गर्दै आउने र बीचमा बिचौलिया व्यापारीको धेरै चलखेलका कारण भाउ महँगो हुने गरेको बताए। उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना तरकारी बजारको प्रभावकारी अनुगमन हुन नसक्नु र बजारमा तरकारी बिचौलियाकै हावी भएका कारण तरकारी महँगो भएको बताए।

एक/दुई दिनभित्रै अनुगमन हुने

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका बजार निरीक्षक अधिकृत दीपक पोखरेलले प्याजलगायत तरकारी महँगो भएको भनेर गुनासो आएकाले सोमबार नै विभागको टोलीले कालीमाटी थोक बजारमा अनुगमन गरेको जानकारी दिए। उनले तरकारीको अनुगमन आवश्यक तयारी गरेरै बिहानै गर्नुपर्ने भएकाले गुनासो आउने बित्तिकै तरकारीको अनुगमन गर्न नसकेको स्वीकार गर्दै एक÷दुई दिनमै पुनः अनुगमन हुने पनि जानकारी दिए ।

मागको आधा मात्रै आपूर्ति

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सामान्य अवस्थामा अरू बेलामा यस बजारमा दैनिक झण्डै ११ सय टनको हारहारीमा तरकारी भित्रिने गरेकोमा अहिले दैनिक ६०० देखि ६५० टनको हारहारीमा मात्रै तरकारी भित्रिएको छ । उपत्यकावासीको मागको तुलनामा झण्डै ४५ देखि ४७ प्रतिशत कम तरकारी आयात हुनुले मूल्यमा दबाब परेको र समितिले जनाएको छ ।

गत वर्षको तुलनामा यो वर्ष सयौ गुणा मूल्यवृद्धि

समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष मङ्सिरको पहिलो साता र यो वर्ष मङ्सिरको पहिलो साता तुलना गर्दा कुनै कुनै वस्तुमा ६०० प्रतिशतसम्म महँगिएको छ ।

कालीमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा मागको आधा मात्रै तरकारी आपूर्ति भएका कारण भाउ महँगो भएको बताए। तरकारीको आपूर्ति विस्तारै बढ्न थालेको र क्रमशः मूल्य घट्ने सङ्केत देखिएको उनको दाबी छ ।

समितिका अनुसार कालीमाटीमा आएको तरकारीले उपत्यकावासीको मागको ७५ प्रतिशत माग धान्ने गरेको छ, अन्य माग बल्खु, कोटेश्वर, बालाजुलगायतका साना बजारले धान्ने गरेका छन् । -गोरखापत्रबाट

२०७६ मंसिर ०४ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ४ बुधवार ०६:५७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...