Logo

आइतवार र मंगलवार यी स्थानमा छ सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं । दुई दिन सार्वजनिक विदा दिइएको छ । भोलि मंसिर १५ आइतवार र १७ मंगलावारका दिन सार्वजनिक विदा दिइएको छ । विवाह पञ्चमी महोत्सव र गढीमाई मेलाको अवसरमा प्रदेश २ सरकारले दुई दिन सार्वजनिक विदा दिएको हो ।

सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा मंसिर १५ गते र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो ।
प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा भव्यताकासाथ राम–सीता महोत्सवको मनाइँदै आएको छ ।

विवाह पञ्चमीको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको प्रदेश २ सरकारका आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। यस वर्ष मंसिर १५ गते विवाहपञ्चमी परेको हो ।

यसैगरी वाराको गढीमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला अहिले चलिरहेको छ। आयोजन यही मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिन पनि प्रदेश २ भरि सार्वजनिक विदा दिइएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ।

२०७६ मंसिर १४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com