Logo

शिक्षक लाईसेन्सको नतिजा प्रकाशनको तीव्र तयारी

काठमाडौं । शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्र (शिक्षक लाईसेन्स) को नतिजा सार्वजनिकको तयारी तीव्र गतिमा भइरहेकोे छ ।

आयोगले गत असोजमा लिइएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी कोडिङ चरणमा पुगेको बताएको हो ।

माध्यमिक तहको लाईसेन्सको परीक्षा अन्तर्गत रद्द भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा गत कात्तिक २३ गते सञ्चालन गरेपछि आयोगले सबै कापी संकलनको काम सकेर कोडिङ् गर्ने तयारी गरेको हो ।

कापी परीक्षणको तयारी अन्र्तगतका प्रकृया शुरु भईसकेको र अब तत्कालै परीक्षणको स्थान तय गर्ने र रोष्टरमा भएका परीक्षकहरु मध्येबाट परीक्षणको काम शुरु गर्ने अन्तिम तयारीमा रहेको आयोगले बताएको छ ।

छिट्टै नतीजा प्रकाशित गर्ने तयारी गरे पनि यस बीचमा बढुवा लगायतका काम गर्नु परेकाले केही समय लागेको र अब यसमै केन्द्रित भएर जति सक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले बताएको छ ।

२०७६ मंसिर १५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com