Logo

‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

काठमाडौं । नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यअनुसार बैंकले २४ घण्टा ३६५ दिन नै सेवा प्रदान गर्न आइतवारदेखि सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा केन्द्रले आगमन र निगमन कलको व्यवस्थापन गरी देश तथा विदेशमा रहेका ग्राहकसँग सूचनाको आदान–प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताउनुभयो ।

नबिल बैंकका देशभर ९२ शाखा, १४२ एटीएम काउन्टर सञ्चालनमा छन ।

२०७६ मंसिर १६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com