back
NMB ad

देव: विकास बैंक हिनामिना प्रकरण : अध्यक्ष र सदस्य १२/१२ लाख धरौटीमा छुटे

Kumari bank ad

काठमाडौं । नारायणपुरमा रहेको देव: विकास बैंक तत्कालीन वेष्टर्न डेभलमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्धामा उच्च अदालत तुलसिपुर दाङले बैंक सञ्चालक समिति अध्यक्ष र सदस्यलाई १२/१२ लाख धरौटिमा छोडेको छ ।

बैँक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकीलाई उच्च अदालतले उक्त रकम धरौटि राखेर छोडेको अदालतका शाखा अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो ।

यसअघिको ६० दिनको अनुसन्धान सकेर प्रहरीले मुद्धा सरकारी वकिल कार्यालयमा बुझाएपछि कात्त्तिक ३ गते अदालतमा मुद्धा दायर भएको थियो ।

बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य दुवै बुढाथोकी फरार सूचीमा रहेका थिए । अदालतले घरमा म्याद टाँगेपछि उनीहरु आफैँ अदालतमा उपस्थित भएका हुन् ।

६ जना बैँक सञ्चालक, सीईओ, बैँक कर्मचारी, ऋणी, खातावाल गरेर ५६ जनामाथि बैँक हिनामिना प्रकरणमा प्रहरीले मुद्धा चलाएको थियो ।

यो प्रकरणमा पक्राउ परेका १३ जनामध्ये कर्मचारी र खातावाल गरी पाँच जनालाई पूर्पक्षका लागि कारागार चलान, चार जनालाई धरौटी र चारजनालाई साधारण तारिखमा छोडिसकेको छ । फरार सूचीमा रहेका अन्य व्यक्तिहरुको नाममा अदालतले प्रहरीमार्फत पक्राउ पूर्जी जारी गरेको थियो ।

तर, यो समयमा कोही पनि पक्राउ नपरेपछि अदालतले फेरि ३५ दिने म्याद राखी पक्राउ पूर्जी जारी गरेको छ । यो बीचमा सञ्चालक समितिका अध्यक्ष र सदस्य अदालतमा उपस्थित भएपछि धरौटिमा छुटेका हुन् ।

प्रहरीले अदालतमा दायर गरेको मुद्धामा पनि मुख्य गरेर बैँक घोटालामा संलग्न भएको आरोप लागेका सीईओ, बैँक सञ्चालक समिति अध्यक्ष, अन्य सञ्चालक समिति सदस्यहरु, ऋण बोर्ड सदस्यहरु फरार रहेकोमा पछि अदालतको म्याद पूर्जी अनुसार दुई जना सञ्चालकहरु मात्रै अदालतमा हाजिर भएका हुन् ।

खाताको रकम दुरुपयोग गरेकोमा वसन्तबहादुर बस्नेतसहित ४३ जनामाथि मुद्दा दर्ता गरिएको थियो । बैँक घोटालामा संलग्न बैँक सञ्चालक, सीईओसहित सबैमाथि अहिले सम्पत्ति छानबिनका लागि सम्पत्ति शुद्धिकरण विभागमा मुद्धा परेको छ ।

राष्ट्र बैँकले बैँकको घोटाला प्रकरणमा छानबिन गर्ने क्रममै सुृरुमा नै उजुरी सम्पत्ति शुद्धिकरण विभागमा पनि पठाएको हो । जिल्ला प्रहरी कार्यालय दाङले बैँक घोटाला छानबिनकै क्रममा राष्ट्र बैँकले पनि जिल्ला प्रहरी कार्यालय दाङ र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी दिएको जनाएको छ ।

२०७६ मंसिर १९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १९ बिहीवार १२:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...