back
NMB ad

४ अर्ब ४० करोड ६५ लाखको आईपीओ निष्कासन गर्दै यी कम्पनी, कस्को कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । विभिन्न १४ कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन । जलविद्युत, बिमा, मर्चेन्ट बैंकर र लगानी गरी ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४ करोड ४० लाख ६५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।

आईपीओ निष्कासनका लागि कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । आईपीओ निष्कासनको अनुमति माग्नेमा अधिकाँश जलविद्युत कम्पनी रहेको बोर्डले जनाएको छ ।

जलविद्युत कम्पनीले आईपीओ निष्कासनको वाध्यकारी व्यवस्था भएपछि विद्युत नियमन आयोगबाट स्वीकृति लिएर अन्तिम स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका छन ।

बोर्डमा आवेदन दिने मध्ये सबैभन्दा बढी रकमको आईपीओ नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको छ । पुर्नबिमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

यस्तै सीबीआईएल क्यापिटल लिमिटेड र नेपाल इमर्जिङ्ग लिमिटेडले पनि आईपीओ निष्कासन गर्न अनुमति मागेका हुन । साउनयता बोर्डले एउटा कम्पनीलाई मात्र आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

शिवश्री हाइड्रोपावर लिमिटेडले २२ करोड १४ लाख ६० हजार रुपैयाँ बराबरको २२ लाख १४ हजार ६०० कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।

आईपीओ निष्कासन गर्न अनुमति माग्नेमा एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, शुभम पावर लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड र माउन्टेन नेपाल हाइड्रो लिमिटेड छन ।

जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ भन्दा कम भएपछि लगानीकर्ताको आकर्षण घटेको छ ।

हेर्नुहोस् सूचि :

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/12/e4ts8EjSxiRVmr8IzkIicQe4oaQzGwYBR9IPm2RO.pdf”]

२०७६ मंसिर २२ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २२ आइतवार ०७:१४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...