Logo

नेप्सेमा ५ लाख ३७ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा ५ लाख ३७ हजार १८५.९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइतबार ओरियन्टल होटलको बोनस सेयर सूचिकृत भएको हो ।

यस होटलको कात्तिक ७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोही ५ प्रतिशत बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओरियन्टलले १ करोड ३१ लख २२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

२०७६ मंसिर २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com