back
NMB ad

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मुख्यमन्त्री पौडेलद्वारा अवलोकन

Kumari bank ad

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा उहाँले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको जानकारी दिनुभयो । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको पाँच करोड रुपैंया भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिँदै रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले उत्साह जागेको बताउनुभयो ।

‘रंगशाला निर्माणमा दृढताका साथमा लाग्नुहोस, हामी सहयोगमा कुनै कसर बाँकी राख्दैनौ’ मुख्यमन्त्री पौडेलले भन्नुभयो । उहाँले विकास निर्माणमा परम्परागत सोच अन्य गर्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । हरेक विकास निर्माणमा अवरोध हुन नुहुने भन्दै त्यसको सुरक्षा राज्यले गर्ने प्रतिबद्धता जनाउनुभयो ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले रङ्गशाला निर्माणमा भइरहेको कामको प्रगतिबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थियो । उहाँले प्रदेश सरकारबाट विनियोजन भएको बजेट सहज रुपमा रङ्गशाला निर्माणका लागि खर्च गर्ने वातावरण मिलाइदिन आग्रह गर्नुभयो ।

रङ्गशाला निर्माणले तीव्रता लिएको भन्दै उहाँले बजेटको भने अभाव रहेको बताउनुभयो । फाउण्डेशनले शिलान्यास भएको दुई वर्ष्िभत्र निर्माण सम्पन्न गर्नेगरी रङ्गशाला निर्माण अघि बढाएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

२०७६ मंसिर २६ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २६ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...