Logo

सिभिल बैंक पनि मर्जरमा जाने

काठमाडौं । सिभिल बैंक पनि मर्जरमा जाने भएको छ । मर्जरमा जानका लागि आगामी पुस ६ गते हुने नवौं वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश हुने भएको छ ।

सिभिलले मर्जर, प्राप्ति र स्वदेशी तथा विदेशी साझेदारमा जानका लागि आवश्यक सहमति र समझौता गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अधिकार दिने प्रस्ताव सभामा पेश हुन लागेको बैंकले जनाएको छ ।

सिभिल र प्रभु बैंकबीच मर्जरमा जाने विषयमा पनि छलफल भइरहेको छ । यस्तै अन्य बैंकसंग पनि छलफल भइरहेको सिभिले जानकारी दिएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

२०७६ मंसिर २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com